साइन्सेस् (पुरानो मेडिकल कलेज )ले राजधानी बाहिरका जनतालाई गुणस्तरीय र सर्वसूलभ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा उपलब्ध गराउने उद्धेश्यले झण्डैं २४ बर्ष अगाडि चितवनमा, कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) स्थापना भएको तथा नेपालकै मध्यभाग चितवनमा पूर्व र पश्चिम भेगका जनतालाई सानो सानो स्वास्थ्य समस्याका लागि पनि धेरै खर्च गरेर काठमाडौं उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य मात्रैं यस कलेजले गरेको छैन, मेडिकल शिक्षाका लागि विदेशीने करोडौं रकम स्वदेशमा नै रहने, २० प्रतिशत निशूल्क छात्रवृत्ति उपलब्ध गराउने र हजारौंको रोजगारी सिर्जना गर्ने काम समेत गरेको कलेजले जनाएको छ ।
चिकित्सा विज्ञानले विकास गरेका नयाँ र आधुनिक स्वास्थ्य उपकरणहरू खरिद, सेवालाई विशिष्टिकृत गर्ने काममा पूरानो मेडिकल कलेज हरदम लागि परेको छ । जोखिमलाई उठाउन सक्ने, चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ नयाँ प्रयोगहरु गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा दिई हजारौं जनताको जीवनलाई जोगाउने र परिवारमा खुसी फर्काउने काम उक्त स्वास्थ्य संस्थाले गर्दै आएको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो कलेज कलेज ) चितवनका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानद्धारा जारी विज्ञेप्तिमा भनिएको छ ।
विज्ञेप्ति अनुसार नेपाल सरकारबाट वि.स. २०६९ सालमा पहिलोपटक राजधानी काठमाण्डौं बाहिर मृगौला प्रत्यारोपण सम्बन्धि स्वीकृती पाएको यस स्वास्थ्य संस्थाले हालसम्म चार जनाको मृगौला पीडित बिरामीको सफल प्रत्यारोपण गरिसकेको छ । २०७२ बैंशाख ११ र १२ गते दुई जनाको र २०७६ जेठ २७ गते र सोही बर्षको माघ ६ गते थप दुई जना गरेर हालसम्म जम्मा चार जना मृगौला पीडित बिरामीहरुलाई नयाँ जीवन दिन यस कलेज सफल भएको छ भने नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट यस शिक्षण अस्पतालले मानव अङ्ग प्रत्यारोपण सम्बन्धि अनुमति पत्र प्राप्त गरि मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को अधिनमा रहि मानव अङ्ग प्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसारको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कानुनी सल्लाहकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत र अस्पतालका चिकित्सक प्रतिनिधिसहितको ‘प्रत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *