ले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरू भइरहेको भन्दै मन्त्रीहरूलाई आ-आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिए ।

स्रोतका अनुसार मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिङ्गो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरूमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरू आउन सक्छन् र आशंका एवं समस्याहरूको समाधान हुन सक्छ ।’

कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरूको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।

पहिलो विश्वयुद्धताका युरोपमा ‘…..हत्यारा हुन्, तिनका विरुद्ध लडौं, तिनलाई काटौं’ इत्यादि लेखिएका पोस्टरहरू बिक्री हुने गरेको बताउँदै मन्त्री भुसालले प्रधानमन्त्रीलाई भने, ती पोस्टरहरूमा ‘…हत्यारा’भन्दा अगाडि ‘फ्रेञ्चहरू’ ‘जर्मनहरू’ इत्यादि लेख्न सकिने गरी खाली राखिएको हुन्थ्यो । तपाईंहरूका बीचमा यस्तै पोस्टर बेच्नेहरूले भयंकररुपमा सूचनाको दुरुपयोग गरेर हामीलाई बगाएका छन् र हामी बगेका छौं, प्रधानमन्त्रीज्यूले यसबारेमा सोच्नुहोला ।’

मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाईं शीर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *