भिषा लागेकाको रोजगाारी गुम्ने खतरा

admin

काठमाडौ । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरिया रोजगारी अन्तर्गत सन २०२० का लागि भिषा लागेका नेपाली युवाको रोजगारी गुम्ने खतरा बढेको छ । विश्वव्यापी कोरोना माहामारीका कारण नेपालमा विगत ९१ औं दिनदेखि आगू भएको लकडाउन र अन्तर्राष्ट्रिय उडान स्थगित पछि विदेश जानबाट रोकिएका कामदारहरुले अहिले रोजगारी नै गुम्ने खतरा बढेपछि यथाशीघ्र कोरिया जाने व्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । गत चैत पहिलो साता कोरोनाको विश्वब्यापी माहामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको र गन्तव्य मुलुकमा समेत कोरोनाको जोखिमका कारण सरकारले वैदेशिक रोजगारीको स्वीकृति बन्द गरेपछि गन्तव्य मुलुकमा जान नपाएका उनीहरुले अब लकडाउन पनि खुकुलो भएको र दक्षिण कोरियाले भिषा लागेका कामदार पठाउन नेपास्थित कोरियन दुतावास मार्फत सरकारलाई आग्रह गरिरहेको तर सरकारले वेवास्था गरेर बसेको भन्दै युवाहरुले ती युवाहरुलाई शीघ्रातिशीघ्र कोरिया जाने वतावरण बनाईदिन आग्रह गरेका छन् । लकडाउनअघि कोरिया तथा अन्य मुलुकबाट अध्ययन र रोजगारदाता मुलुकबाट बिदामा आएका विद्यार्थी र कामदार पनि स्देशमै अड्किएका छन् । सरकारले बिदामा आएका नागरिकहरुलाई आफ्नै खर्चमा जहाज चाटर्ड गरेर जान दिने निर्णय पनि गर्यो तर निर्णय अनुसारका सबै कामदार फर्किन पाएनन् । यो समस्या एकातिर छ भने अर्कोतर्फ कोरिया रोजगारी अन्तर्गत कृषि र म्यानुफ्याक्चर क्षेत्रका लागि भिषा लागेका करिव २५ सय कामदार कोरोना संक्रमणका कारण जान नपाएपछि अहिले सरकारप्रति आक्रोशित भएका छन् । आफूहरुले पाएको आकर्षक रोजगारी गुम्न लागेको भन्दै युवाहरुले यथाशीघ्र कोरिया जाने व्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । युवाहरुले वैदेशिक रोजगार विभागमा घेराउ गरेर कोरिया जाने व्यवस्था गर्न सरकारसंग आग्रह गरेका हुन् । दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशबाट कामदार ल्याउन बन्देज लगाएपछि नेपाललाई पनि बन्देज लगाउने खतरा रहेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले कोरियाको भिषा लागेका युवाहरुलाई जतिसक्दो चाँडो जाने व्यवस्था गरिदिन भन्दै वैदेशिक रोजगार विभागका पदाधिकारीहरुसंग छलफल गरिरहेको बताइएको छ । कोभिड–१९संकट व्यवस्थापन केन्द्रले केहि दिन अघि मात्र बिदामा आएका र करार अवधि बाँकी रहेका कामदारलाई जान दिने तथा नयाँ रोजगारीका लागि समेत खुला गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले निर्णय अनुरुप रोकिएका कामदार जाने व्यवस्था गरेको छैन् । पुराना भिषा लागेका कामदार जाने अवस्था सहज नबनिरहेका बेला र नयाँ स्वकिृति समेत दिने सरकारी निर्णयले कामदार तथा व्यवसायीलाई अन्यौलमा पारेको गुनासाहरु आउन थालेका छन् । यद्यपि सरकारले कोरोनाका कारण समग्र वैदेशिक रोजागरी संकटमा परिरहेका बेला आकर्षक गन्तव्यबाट भिषा समेत आइसकेका कामदारलाई रोक्नु न्यायोचित होईन यसतर्फ श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा ६ हजार ८ सयले जिते कोरोना

काठमाडौ । नेपालमा हालसम्म विभिन्न जिल्लाका गरी १५ हजार ९ सय ६४ संक्रमितमध्य ६ हजार ८ सयल ११ जनाले उपचारपछि कोरोना जितेर घर पर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २६४ जना कोरोना उपचार गरी घर फर्फेसंगै स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या बढेको हो ।