श्रम स्वीकृति खुला

admin

काठमाडौ । सरकारले कोरोना माहामारीका कारण विगत तीन महिनादेखि बन्द गरेको वैदेशिक रोजगारीको स्वीकृति खुला गर्ने निर्णय गरेसंगै बिहिबारदेखि श्रम स्वीकृति दिन सुरु गरेको छ । रेमिट्यान्समुखी अर्थतन्त्र भएको मुलुकमा विप्रेषण आयमा निरन्तर हस आउन थालेपछि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । कोरोनापछिको श्रम स्वीकृति बन्द,लकडाउन र हवाई उडान बन्दले गर्दा रोजगारीबाट बिदामा आएर जान नपाएका कामदारलाई हिजोदेखि पूनःस्वीकृति दिन सुरु गरेको छ । कोरोना माहामारीका कारण गत फागुन ३० गतेदेखि सबै किसिमका श्रम स्वीकृति दिन बन्द गरेको वेदेशिक रोजगार विभागले विहीबारदेखि स्वीकृति दिन सुर गरेको हो । विभागको ताहाचल कार्यालयबाट बिहिबार र उपत्यका बाहिरका कार्यालयहरुमा असार २१ गते आईतबारदेखि पूनःश्रम स्वीकृति दिइने जानकारी विभागका महानिर्देक कुमार दाहालले दिएका छन् ।

वैदेशिक रोजगारीको स्वीकृति खुला गर्ने सरकारको निर्णयसंगै पूनःश्रम वस्ीकृति खुला भएको र विस्तारै नयाँ श्रम स्वीकृतिका पनि खुला गरिने जानकारी श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति खुला गरेसंगै बिदामा आएर जान नपाएका कामदारलाई काममा फर्किने बाटो खुला भएको छ ।
कोरोना माहामारीपछि श्रम स्वीकृति लिएका डेड लाख कामदार विदेश जान नपाएको तथा पुर्व स्वीकृति लिएका ३ लाख २८ हजार कामदार वैदेशिक रोजगारीमा जान नपाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
सरकाले गत असार १५ गते नै बिदामा आएर जान नपाएका करार अवधि बाँकी रहेका कामदारलाई कोरोना स्वास्थ्य मापदण्ड पालना अर्थात कोरोना नेगेटिभ प्रमाणपत्रका आधारमा श्रम स्वकिृति दिने निर्णय गरेको थियो । उक्त निर्णय बिहीबारबाट कर्यान्वयनमा आएको हो । यसअघि जापान र कोरियाबाहेका अन्य देशमा कामदार जान पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सरकारले गाडी चलाउनैपर्छ भनेको होइन, इच्छा भए चलाउनुस्’

तपाईंले सवारी चल्छ भने पनि उहाँहरुका थुप्रै शर्त छन्, त्यसलाई पूरा गर्न सरकार तयार भएको हो ? उहाँहरुले शर्त राख्नुभएको हैन, सरकारले हाम्रो कुरा सुनेर राम्रो गर्‍यो भनिरहनुभएको छ । सरकारले आंशिकरुपमा हामीलाई सुन्यो, तर, हाम्रो अरु चाहाना पनि पूरा गरिदिए हुन्थ्यो भन्ने उहाँहरुको गुनासो छ । तर, व्यवसायीहरु त […]

You May Like