काठमाडौ । कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिनु भएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेका थिए भने गायक पोखरेलले आफूलाई यो अबसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनु हुंदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, क्ष्लतभचलभत द्यबलपष्लन, इलष्लिभ ब्अअयगलत इउभलष्लन, ऋ(ब्क्द्यब् लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।