नेपालमा ७० प्रतिशतले जिते कोरोना

admin

काठमाडौ । नेपालमा आईतवारसम्म ७०.६ प्रतिशतले कोरोना माथि विजय प्राप्त गरी घर फर्किएका छन् । गत माघ ९ गते १ जनामा कोरोना पुष्टी भएको नेपालमा आईतबार ३३ सयहित हालसम्म ३ लाख ३९ हजार १५७ मा कोरोना परीक्षण गरिएकोमा १८ हजार ६१३ जनामा कोरोना पुष्टी भएको छ । आईतबार १३० जनामा कोरोना पुष्टी भएपछि कूल संक्रमितको संख्या बढेको हो । हालसम्म कूल संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको तथा १३ हजार १२८ जना उपचारपछि घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कूल निको हुनेको ७.६ प्रतिशत हो ।
त्यसैगरी आईतबार अपरान्हसम्म विश्वमा २ करोड ६२ लाख ३३ हजार २७९ संक्रमित भएकोमा ६ लाख ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने स्वास्थ्य उपचारपछि निको भएर घर फर्किने सख्या ९९ लाख ३३ हजार १८२ जना रहेको विश्व स्वास्थ्य संघठनको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कामना सेवा विकास बैंकको गतिविधि गायक सुगम पोखरेलको आवाजमा

काठमाडौ । कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ ।