विद्यालय सञ्चालन सम्बन्धि सरकारले गर्यो ७ महत्वपूर्ण निर्णय (सूचीसहित)

Janaawaj

काठमाडौँ, १४ साउन । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाम काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषदले दिएको निर्देशन

कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि देहाय बमोजिम गर्ने :

(क) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने,

(ख) २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने,

(ग) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने,

(घ) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय, शिक्षकहरु विद्यालय पगिसक्ने व्यावस्था मिलाउने,

(ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने,

(च) विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने । क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने,

(छ) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण दर बढ्दै गएपछि बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको छलफल

  काठमाडौँ, २० श्रावण।कोरोना संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण […]