काठमाडौ । स्वदेश्ी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनाबाट पहिलो युनिट विद्युत उत्पादन गर्न लागेको हो । उक्त उत्पादनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले वालुटारबाटै गर्ने कार्यक्रम रहेको छ ।


आज अपरान्ह ४ बजे वालुटारबाटै स्वीच दबाएर उद्घाटन गर्ने कार्य रहेको बताइको छ । पहिलो युनिटबाट उत्पादन हुने विद्युतको क्षमता ७६ मेगावाट रहेको छ । माथिल्लो तामाकोशी विद्युत आयेजना स्वदेशी लगानीमा बन्दै गरेको सबैभन्दा ठूलो आयोजना हो । यो आयोजना दोलखाको गोगर खोलामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *