काठमाडौँ, २४ असार । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

केहीदिन भित्रै सहमति जुट्ने बताउदै उनले भने, ‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ ।’ साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने विष्टले बताए ।

कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *