काठमाडौँ, २८ असार ।  नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यद्यपि अदालतकाे फैसला कसरी कार्यान्वयन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने नेता ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *