२०७८ साउन २ गते

काठमाडौं । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।

सर्वोच्च अदालतको आदेशमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।

चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ ।

सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *