चीनमा साना व्यावसायहरु कोभिड १९ को प्रभावका कारण सहज परिस्थितिमा फर्कन सकिरहेका छैनन् । कोभिड १९ माहामारी पछि चीनमा साना व्यासायहरुले मुलुकको अर्थतन्त्रमा योगदान दिन नसकिरहेको अबस्था छ । अमेरिकामा जस्तै चीनमा पनि करोडौँ साना तथा मझौला निजी व्यावसायहरु सञ्चालित छन् । रेष्टुरेन्ट, पसल जस्ता साना व्यावसायहरु दैनिक अर्थतन्त्र गतिविधिका मेरुदण्ड हुन् ।

चीनमा यस्ता साना व्यावसायहरुले शहरी क्षेत्रमा ८० प्रतिशत रोजगारी सिर्जना गरेका छन् भने चीनको कर राजस्वमा कम्तीमा आधा हिस्सा ओगटेको बताईन्छ । चीनमा कोभिड माहामारी पछि ठुला व्यावसायहरुले छलांग मार्न सके पनि साना व्यावसायहरु भने पुनरुद्धार हुन सकेका छैनन् । साना व्यावसायहरुमा ग्राहकको माग कम, व्यावसाय सञ्चालन खर्च वृद्धि तथा बैंकहरुले थला परेको कम्पनीहरु माथि लगानी गर्न नचाहेको अवस्थाहरुले साना व्यावसाय मारमा परेको वाल स्ट्रिट जर्नलले बिश्लेषण गरेको छ । कोभिड १९ नियन्त्रणमा चुकेको कारण चीनको वुहानबाट यो भाइरस फैलिएको भन्दै चीनले अन्तराष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ । स्रोत जस्ट अर्थ न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *