तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिका-६ ,पृथ्वीराजमार्गको छेउमा रहेको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ ।  केहिदिन अघि अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी कालिका देवीको मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव बसन्त थापाले जानकारी दिए ।
सचिव थापाको अनुसार मन्दिरमा रहेको गणेशको मुर्ति ,शंख ,घण्टी ,तरबार लगायतका सामानहरु चोरी भएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ ।
यदि कसैले बेचबिखन गर्न ल्याएमा अथवा कसैमाथि संका लागेमा प्रहरी मा खबर गरिदिन आग्रह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *