आज नागपञ्चमी प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन सर्पहरुको राजाको रुपमा मानिने नागको पूजा गरी मनाउने प्राचिन परम्परा रहँदै आएको छ ।

वैदिक कालदेखि नै नागको पूजा गरिँदै आएको मानिन्छ । आजको दिन नागको पूजा गरेमा घरमा नाग, सर्प लगायतका प्राणीले दुःख नदिने मान्यता रहेको छ । त्यस्तै आजको दिन नागको पूजा गरेमा पानीको दुःख नहुने मान्यता पनि राखिन्छ । नाग रिसाए भने पानीको अभाव हुने हुँदा नागलाई खुशी पार्न आजको दिन नागको पूजा गर्ने गरिन्छ ।

आफ्नै घरको मूल ढोकामाथि नागको चित्र टाँसी दही,दुबो,कुश, सिन्दुरअक्षताले नागको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन धेरै श्रद्धालु भक्तजनले काठमाडौँको नागपोखरी, टौदह भक्तपुरको सिद्धपोखरीलगायतका देशभरका पोखरीमा गएर दुध, दही,सिन्दुरअक्षताले नागको पूजा गरी नागपञ्चमी मनाइरहेका छन् ।

२०७८ श्रावण २९ गते मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *