काठमाडौ । उपत्यकामा कोरोना संक्रमण थप बढ्दै गएपछि काठमाडौ उपत्यकामा बिहीबारदेखि हुने गरी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भोलीदेखि बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक सवारी सञ्चालन गर्न पाइने छैन् । मंगलबार बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठकले उक्त अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । केहीदिनदेखि कोरोना संक्रमण बढ्रदै गएकाले रात्रीकालिन सवारी साधान सञ्चालनमा रोक लगाइएको जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दिएका छन् । प्रमुख जिल्ला अधिकारीका अनुसार रात्रीकालिन सवारी साधानमा पूर्ण रुपमा रोक लगाइनुका साथै दिवाकालिन सेवामा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय पनि गरेको छ ।
सार्वजनिक सवारी साधनमा सिटको दुरी कायम गर्दै गाडीको ढोकामा सेनिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेलगायतका यसअघिका स्वास्थ्य मापदण्ड प्रति सवारी सञ्चलकले पूर्ण रुपले ध्यान दिनुपर्ने,गाडीका चालकले पनि मास्क ,हातमा पञ्जाका साथै भाइजरको प्रयोग गर्नुपर्नेलगायत स्वास्थ्य मापदण्डलाई अनिवार्य रुपमा पालन गर्ने,यात्रुहरुलाई पनि पालना गराउने जिम्वेवारी गाडी चालकको हुने यदि त्यसो गरी मापदण्ड कार्यान्वयन नभएको खण्डमा सवारी धनी तथा चालक लाई कार्वाही गरिने जनाएको छ । क्षमता भन्दा बढी यात्रु नराख्ने,सबै यात्रुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाउने,मास्क नलगाएका यात्रुलाई सवारीमा प्रवेश नदिने जस्ता कडा प्रवधान राखिएका छन् । त्यसैगरी प्रत्येक दिन सवारी साधन स्यानिटाईजर गर्जुपर्नेलगायत अनिर्वाय प्रावधानका साथ सवारी चलाउन दिने निर्णय पनि भएको छ । निर्णय कडाइका साथ कार्यन्वयन गरिनु पर्दछ । सवारी चालकले पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गरिनु पर्दछ भने यात्रुहरुले पनि स्वयमले मास्कको प्रयोग,सेनिटाइजरको प्रयोग,भौतिक दुरी कायम गर्नेलगायत अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न कञ्जुस्याई नगरौ यति गरेको खण्डमा कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण होस् । कोरोनालाई खेलाँची नगरी सचेत र सजग भएर मापदण्ड पालना गर्न सकेको खण्डमा कोरोना संक्रमणबाट धेरैहदसम्म बच्न सकिने भएकाले यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण होस् । यद्यपि सार्वजनिक सवारी,खरिद बिक्री केन्द्रलगायत स्थानमा मानिसको भिडभाड अत्याधिक देखिन्छ । सका लागि दिउसोको समयमा मापदण्डमा कडाइ गरिनु सान्दर्भिक देखिन्छ । रातमा त्यसैपनि भिडभाड कम हुने समय हो । उक्त समयमा चैं सवारी साधानमा रोक लगाउनु सान्दर्भिक नभएको भन्दै निर्णयको आलोचना भैरहेको पाइयो ।यस तर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *