नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।

सामान्यतया व्यवस्थापन समितिले स्वीकृत गरेर पठाएको मौद्रिक नीति बोर्डले आवश्यकता अनुसार केही नीतिगत परिमाजर्न गरेर स्वीकृत गर्ने भएकाले बिहान बस्ने बोर्ड बैठकले स्वीकृत गरेमा गभर्नरले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *