बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।

इपिएलले सिजन २०२१ का लागि खेलाडीको तलब बढाउन फ्रेन्चाइज टिमसँग सहमती भएको जनाएको छ।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्।

चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ।

अफ्रिदी काठमाडौँ किंग्स-११ बाट खेल्दैछन् भने मलिक र ब्राथवेटको टिम सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *