काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६लाख ८२ हजार ६ सय ८२ पुगेको छ भने हालसम्म १० हजार २९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *