September 14, 2026, Monday
२०८३ भाद्र २९
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

काँग्रेसका उम्मेदवार शाहको प्रतिबद्धता पत्र सार्वजनिक, धनगढीलाई महानगर बनाइने।

२०८२ माघ २०

740

 

 

धनगढी ः धनगढीलाई महानगरपालिका बनाउने घोषणा सहित कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु)ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

 

धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाहले नीतिगत सुधारसँगै जनताको काम गर्न र गुनासो सुन्न धनगढीमा सांसद सचिवालय स्थापना गर्ने बताए। निर्वाचितपछि जनताका गुनासो सुन्न कर्मचारीसहितको सचिवालय स्थापना गर्ने उनले प्रतिबद्धता जनाएका हुन्। उनले भने, ‘सांसदको सचिवालय धनगढीमा हुन्छ। कर्मचारी पनि हुन्छन्। सांसद सधै धनगढीमा नहुन सक्छन। हामी सचिवालयमार्फत जनताका समस्या, गुनासो सुन्छौ।’

 

धनगढीलाई महानगरपालिका बनाउन पहल गर्ने, लालपूर्जा वितरण, शिक्षा ऐन, निजामती सेवा ऐन लगायतका ऐनहरू निर्माण तथा संशोधनमा भूमिका निर्वाह गर्ने उनले बताएका छन्। प्रतिबद्धता पत्रमा सहिद दशरथ चन्द विश्व विद्यालय, फाप्ला रंगशाला, पश्चिम सेती, पञ्चेश्वर, धनगढी–दीपायल द्रुतमार्ग लगायतका पूर्वाधारका ठुलो आयोजनाहरुसमेत समावेश गरिएका छन्। शाहले भने, ‘पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा घोषणा पत्रको ड्राफ निर्माण गर्दा म पनि सदस्य थिए। हाम्रा प्रतिवद्धताहरू लागुगर्न बाँकी छन्। केही मुद्दाहरू पूरा गर्न सकिएका छैनन्। आगामी निर्वाचनमा पनि यस्ता विषयहरू उठ्न सक्छन्। मैले यी योजनाहरू पारित गर्न भूमिका हुन्छ।’

 

काँग्रेस उम्मेदवार शाहले युवा स्वरोजगार तथा उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र आर्थिक विकास, उद्योग तथा लगानी, भौतिक पूर्वाधार विकास, समावेशी समाज र सुशासन, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।