शुक्लाफाँटामा निःशुल्क एकदिने आँखा शिविर सम्पन्न, ४०८ जनाले लिए सेवा
कञ्चनपुर- विश्व हिन्दू परिषद नेपाल कञ्चनपुर जिल्ला तथा शुक्लाफाँटा नगर कार्य समितिको संयुक्त आयोजनामा गेटा आँखा अस्पताल रुईत फाउण्डेशनको प्राविधिक सहयोग तथा शुक्लाफाँटा नगरपालिका–१० को सहयोगमा कञ्चनपुरको झलारीस्थित श्री कृष्ण माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक सेवाको उद्देश्यलाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाएका थिए।...