धनगढीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण
धनगढीः कक्षा ८ को परीक्षामा धनगढीका ७० दशमलव ०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षाको नतिजामा विगतका वर्षहरूभन्दा नतिजा सुधार भएको हो। अघिल्लो शैक्षिक वर्ष २०८१ मा ६१.५८ प्रतिशत (३ हजार ३ सय ५१) विद्यार्थी उत्तीर्ण भएको थिए भने, शैक्षिक सत्र २०८० मा जम्मा ५१.४० प्रतिशत (३ हजार २८ जना) विद्यार्थी...