निजी स्वास्थ्य संस्थाको दुरी तीन सय मिटर कि एक किलोमिटर?
धनगढी, रमेश कुँवरः सुदूरपश्चिम प्रदेशमा लागू गरिएको तीन सय मिटर दूरी सम्बन्धि प्रावधान पछिल्लो समय पुनः बहसमा आएको छ। यो प्रावधान किन ल्याईयो, अहिले यसको औचित्य के छ, र यसलाई यथावत राख्ने,संशोधन गर्ने वा खारेज गर्ने भन्ने प्रश्नहरु उठिरहेका छन्। यस विषयमा स्पष्ट धारणा बनाउन यसको पृष्ठभूमि बुझ्नु आवश्यक छ। निजी स्वास्थ्य संस्थाको हकमा तीन...