बाढीपीडित घाइतेको उपचार र जेन्जी शहीदको स्मरणमा चैतन्यको बृहत् रक्तदान
काठमाडौं- बाढीपीडित घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यसहित तथा देश परिवर्तनका लागि प्राण आहुति दिने जेन्जी (GEN-Z) पुस्ताका शहीदहरूको सम्मान र स्मरणमा चैतन्य लोकसेवाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा काठमाडौंको शङ्खमूलस्थित चैतन्य सभा हलमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।...