July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कैलालीको मष्टाधाममा शीला राखियो

२०८२ माघ २०

605

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा अवस्थीत मष्टाधाममा शीला राखिएको छ।मष्टाधाममा रहेका ३ मुख्यसहित १२ वटै धामहरुमा शीला राखिएको हो।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले १२ वटा मष्टाधाममा शीला राखिएको बताए। उनले मष्टका मुख्य तीन वटा दुधे मष्टा, दाडे मष्टा र जलान्धरी मष्टामा पनि मष्ट देवताको शीला राखिएको बताए। त्यसबाहेक ४ पञ्चाङ्गनमा मुर्ति स्थापित गरिएको अध्यक्ष साउँदले बताए। उनले पञ्चाङ्गनमा कालिका, गणेश, बिष्णु र लक्ष्मीको मुर्ति स्थापित गरिएको बताए।

यसैबिच धाममा रहेको दुधे मष्टामा शीला राख्ने क्रममा सर्प देखिएको छ। शिला राख्ने क्रममा दुधे मष्टाको मन्दिरमा सर्प देखिएको अध्यक्ष साउँदले बताए। सर्प देखिने सिजन नभएपनि मन्दिरमा सर्प देखिनुलाई देवताको चमत्कारका रुपमा लिन थालिएको छ। अध्यक्ष गणेश साउँदले मष्टाधाम स्थापना गर्नुपुर्व नै धामीले मन्दिरमा सर्पको रुपमा देवताले दर्शन दिने बताएको जानकारी दिए।

उनले धाममा सर्प देखिएपछि स्थानिय भक्तजनहरुको भिड लागेको र सबैले दर्शन गरेको बताए। केही समय पछि सर्प चमत्कारीक रुपमा गायब भएको समेत उनले बताए।