September 25, 2026, Friday
२०८३ आश्विन ९
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

बजेट लेखनलाई तीव्रता दिन मुख्यमन्त्री भट्टको निर्देशन

२०८३ आश्विन ९

255

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट लेखन प्रक्रियालाई तीव्रता दिन मातहतका सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
बजेट लेखन प्रक्रिया शीघ्र सम्पन्न गर्ने विषयमा मुख्यमन्त्री भट्टको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बजेट लेखनलाई तीव्रता दिन छलफल भएको हो । बैठकमा छिटोछरितो रूपमा बजेट निर्माणको काम सम्पन्न गर्ने तथा आवश्यक प्रक्रिया तत्काल अघि बढाउने विषयमा छलफल गरिएको थियो ।
बैठकमा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीहरू, प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री भट्टले बजेट निर्माण प्रक्रियालाई तिब्रता दिन सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।