भोटेकोशीमा प्राकृतिक विपद् : धनगढीमा मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना
धनगढी- भोटेकोशीमा आएको विनाशकारी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विश्व हिन्दू परिषद् नेपालले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। धनगढीस्थित जेन्जी मार्ग (पार्क मोड) मा विश्व हिन्दू परिषद् नेपाल केन्द्रीय सचिव...