September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
जन आवाज

लोकप्रिय फिल्म ‘होस्टेल ३’ युट्युबमा आउने मिति तय

२०८२ चैत्र ११

720

काठमाडाैं, ११ चैत । हिट फिल्म ‘होस्टेल ३’ अब युट्युवमा हेर्न पाइने भएको छ।

गत वर्ष हलमा रिलिज भएको यो फिल्म आउँदो शुक्रबार युट्युब च्यानल बुढासुब्बा डिजिटलमा रिलिज हुन लागेको हो।

यस फिल्ममा कलेज जीवन, मित्रता, प्रेम र युवाहरूको संघर्ष समेटिएको छ। फिल्ममा कथा तथा निर्देशन सशान कँडेलको रहेको छ।

यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा लगायतको अभिनय छ।

यस फिल्मको कथा/पटकथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन्।