“पत्रकार डाका हुन्” भन्दै वडा अध्यक्षको विवादास्पद अभिव्यक्ति, कार्यालय समयमा सेवाप्रवाह अस्तव्यस्त भएको स्थानीयको आरोप
नरेश प्रसाद जोशी, धनगढी- बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमस्थित वडा कार्यालयमा सार्वजनिक सेवा प्रवाहको अवस्था फेरि एकपटक विवादमा परेको छ । कार्यालय समयमा वडा अध्यक्ष अनुपस्थित रहेको, कृषि तथा पशुपन्छी (भेटेरिनरी) शाखा लामो समयसम्म बन्द रहेको र सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासोबीच प्रतिक्रिया लिन खोजेका पत्रकारमाथि वडा अध्यक्ष नवराज जोशीले अभद्र तथा विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको...