September 11, 2026, Friday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

धनगढी पुगेर बालेन साहले भने, ‘भोट माग्न आएका हैनौ, काम माग्न आएका हौ’

२०८२ फाल्गुन ६

655

 

 

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले भोट माग्न धनगढी नआएको बताएका छन्। उनले काम माग्न आएको बताएका हुन्। उनले भने, ‘म धेरै बोल्ने मान्छे हैन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाइहरूसँग भोट माग्न आएको हैन। काम माग्न आएको हो। काम दिनुस् है। तपाइहरूले भोट दिनु भएन भनेपनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउछ। काम माग्न आएको हो। तपाइहरूका काम के–के छन दिनुस्। हाम्रा उम्मेदवारहरूलाई र नेताहरूलाई कामको लिस्ट दिनुस्। काम गरेर देखाउछ, राष्ट्रिय स्वतन्त्र पार्टीले।’

 

उनले विकास निर्माणमा योजनाहरूसमेत सभामा सुनाएका छन्। आफ्नो पार्टी सरकारमा पुगे काँग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो निर्माण गर्ने शाहले बताएका छन्। उनले भने, ‘खल्तीमा पैसा नभएको विपन–गरिबले शिक्षा पाउनु पर्या, त्यो हो हाम्रो एजेण्डा। गल्तीमा पैसा नभएको विपनले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो, हाम्रो एजेन्डा। दुई वर्षमा बन्नु पर्ने बाटो, २० वर्षमा पनि बन्दैन। डेढ वर्षमा बन्नु पर्यो, त्योहो हाम्रो एजेन्डा।’

 

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश बनाउने स्पष्ट दृष्टिकोण रास्वपामै मात्र रहेको दाबी गरेका हुन्। ‘सरकारमा गयौँ भने सबै दल हिँड्ने बाटो बनाउँछौँ। हामी प्रतिस्पर्धा गर्छौँ, तर देश बनाउने काम साझा हुनुपर्छ।’

 

नेपाललाई ‘स्वीजरल्याण्ड’ बनाउने नारामाथि प्रश्न उठाउँदै देशमै रहेका प्राकृतिक सम्पदा र सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्यो् स्वीजरल्याण्ड? स्वीजरल्याण्ड बाउ यहि छ, बडीमालिका यही छ, किन बनाउनु पर्यो, स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ, किन चाहियो स्वीजरल्याण्ड? हामीसँग भएको चिज देखाउन सकेका छैनौँ।’

 

उनले सुदूरपश्चिमको पहिचान र सम्भावनालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने धारणा राखेका छन। सुदूरपश्चिमको गीत काठमाडौँका चोक–चोकमा गुन्जिएपछि मात्रै वास्तविक अर्थमा राजधानी र सुदूरपश्चिमबिचको दूरी घट्ने उनको तर्क छ। उनले भने, ‘सुदूरपश्चिमलाई स-नजिकको प्रदेश बनाउनु पर्यो, त्यो हो, राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा।’