मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्नुपर्ने बताउनुभएको छ। १८औँ मुक्त हलिया दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नु दुःखद...