हर्कराज राईको आपत्ति: सुकुमबासी बस्तीमा डोजर चलाउनु गलत
काठमाडौं, ११ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेकाे भन्दै आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरित सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट...