लेकम गाउँपालिकाका पाँचमा रास्वपाको वडा अधिवेशन सम्पन्न
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका पाँच वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा अधिवेशन सम्पन्न भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ बाट सुरु भएको अधिवेशन अन्तर्गत आइतबार वडा नम्बर ५ जयपुरमा अधिवेशन सम्पन्न गरिएको हो। रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट वडा नम्बर ५ मा उमेश विष्ट सभापति, मदन बोहरा उपसभापति...