दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका पाँच वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा अधिवेशन सम्पन्न भएका छन्।
गाउँपालिकाको वडा नम्बर ६ बाट सुरु भएको अधिवेशन अन्तर्गत आइतबार वडा नम्बर ५ जयपुरमा अधिवेशन सम्पन्न गरिएको हो। रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट वडा नम्बर ५ मा उमेश विष्ट सभापति, मदन बोहरा उपसभापति र आशिष विष्ट सचिव रहेको ११ सदस्यीय समिति चयन गरिएको छ।
यसअघि वडा नम्बर ६ बाट धिरेन्द्र सिंह धामी, वडा नम्बर ४ बाट पशुपति पन्त र वडा नम्बर ३ बाट कुमार पन्त सभापति चयन भइसकेका छन्। बाँकी रहेको वडा नम्बर १ को अधिवेशन मंगलबार हुने र अधिवेशनपछि चाँडै पालिका अधिवेशन आयोजना गर्ने तयारी भइरहेको सभापति नाथले जानकारी दिनुभयो।





