September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

नेतृत्व होइन, नायक बन्ने अभिनय

२०८२ श्रावण २५

3.7K

आजको समाजमा एउटा सूक्ष्म तर गहिरो समस्याले जरा गाड्दै गएको छ। आफूलाई ‘थाहा भएकाहरूको संसार’ मा केन्द्रित गर्ने प्रवृत्ति। मानिसहरू अब अरूलाई बुझ्न चाहँदैनन्, केवल आफूलाई बुझिएको ठान्छन्। उनीहरू केवल आफूले जानेको कुरा नै अन्तिम सत्य हो भन्ने सोचमा बाँच्न थालेका छन्।

यो संसारमा कसैसँग ज्ञान बढी हुन सक्छ, अनुभव धेरै हुन सक्छ त्यो स्वाभाविक हो। तर समस्या तब सुरु हुन्छ, जब त्यो ज्ञान घमन्डमा बदलिन्छ, र त्यो अनुभव ‘ठुलो देखिनु’ को हतियार बन्छ।

कतिपय मानिसहरू आफूलाई मालिकजस्तै ठान्छन्, जहाँ उनीहरू काम गर्छन्। उनीहरू सधैँ एक अर्कासँग मिलेर सानो झुन्ड बनाउँछन्। जसले अरूलाई हेप्छ, सानो बनाउँछ, कमजोर देखाउँछ । यी झुन्ड ‘सहकार्य’ होइन, ‘साजिस’ को अड्डा बन्न थाल्छन्। यस्ता घेराभित्र काम गर्ने होइन, हाबी हुने खेल खेलिन्छ। अनि ती खेलहरूको मुख्य उद्देश्य हुन्छ — आफूलाई माथि, अरूलाई तल राख्ने। तर यस्ता सोच र व्यवहारले अन्ततः साँचो प्रतिभा दबिन्छ ।, इमानदार प्रयासहरू उपेक्षित हुन्छन्। र त्यस्तो वातावरण बन्छ जहाँ नयाँ केही सोच्न सक्दैन, सिर्जना हुँदैन, आत्मा थाक्छ।

विचार गरौँ –हामी आफैँलाई मात्र केन्द्रमा राखेर, अरूलाई हेपेर, अनि “म मात्र जान्ने” भन्ने प्रवृत्तिले समाजलाई कहाँ पु¥याउँछरु यस्तो व्यवहारले समूहमा नकारात्मक ऊर्जा फैलाउँछ।, टोलीभन्दा व्यक्ति ठुलो देखिन्छ।, सहकार्यभन्दा प्रतिस्पर्धा बढ्छ। र जब वातावरण नै यस्तो हुन्छ, तब नयाँ सोच, निडर विचार र सच्चा आत्मविश्वास भएका मानिसहरू मौन बस्न थाल्छन्। उनीहरू आफैँमा सीमित हुन्छन्, किनभने उनीहरूले बुझिसकेका हुन्छन्। यहाँ सूर्यको किरण देखाउने हरू भन्दा देखाउने नाटक गर्ने हरू हाबी छन्।

यस्ता समाजमा परिवर्तन असम्भव हुँदैन, कठिन हुन्छ। किनभने परिवर्तन त चाहिन्छ । जहाँ सबको आवाजको मूल्य होस् ।, जहाँ कसैले कसैलाई सानो नबनाओस्।, जहाँ नेतृत्व गर्नेहरू “डोमिनेट” होइन, “इनस्पायर” गरून्।

किनभने….
साँचो लिडर त्यो होइन जो अरूको गल्ती खोज्छ,। साँचो लिडर त त्यो हो जो अरूको गुण देख्छ,। जसले अरूलाई अवसर दिन्छ,र जसको कारण अरू पनि आफ्नो उज्यालो देख्न सक्छन्।

यस्तो समाज बनाउनु जरुरी छ जहाँ “म मात्र” होइन, “हामी पनि” भन्ने भावना बाँचोस्। जहाँ आत्म मग्न घेराभन्दा, आत्मसम्मानको वृत्त ठुलो बनोस्। जहाँ छायाँ हटाएर, घाम बाँड्ने सोच हाबी होस्।

किनकि अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो थाहा छ ?
हामी कति चम्कियौँ भन्ने होइन, हामीले कति जनालाई चम्किन दियौँ भन्ने कुराले आत्मा सम्मान दिन्छ ।