July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्‍याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)

२०८२ असार ५

1.1K

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै सडनमै विरोधमा रहेको रास्वपाका सांसदहरूले अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा नाराबाजी गरेका छन् ।

बैठक सुरु भएसँगै रास्वपाका सांसदहरू रोस्टम अगाडि विरोधमा पलेँटी कसेर बसेका थिए । तर पनि संसदका कारबाही जारी रह्यो । यस्तै छलफलपछि उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्रीलाई बोल्न समय दिइन् ।

त्यससँगै पलेँटी कसेर बसेका रास्वपाका सांसदहरू जर्‍याकजुरुक उठे । उनीहरू जर्‍याकजुरुक उठेर विरोध गर्न थालेपछि अर्थमन्त्री पौडेल मुस्कुराउँदै आफ्नो धारणा राख्नतर्फ अघि बढेका थिए ।  अर्थमन्त्रीले रास्वपाका सांसदको नाराबाजीका बिच बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ  दिए ।