July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

ट्राफिक प्रहरीले साबेल समातेपछि… (तस्बिरहरू)

२०८२ असार ५

1.2K

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ ठाउँमा सडक खनिएको छ ।

सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।  अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ ।

सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।