September 10, 2026, Thursday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
जन आवाज

त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)

२०८२ असार ५

1.3K

काठमाडौँ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको भवन सबलीकरणको काम कछुवा गतिमा छ ।

२ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म क्याम्पसको सबलीकरण सकिएको छैन ।

भूकम्पले जीर्ण बनाएको सो भवन सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य न्यु टेक्निकल इन्फ्रा प्रालिलाई ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण कार्यको जिम्मा दिएको भए पनि निर्माण कार्य सम्झौता गरे अनुसार सम्पन्न हुन सकेको छैन ।