देउडा गित ‘लाई पिरती’ सार्वजनिक–देउडा संस्कृतिको स्वादमा प्रेमकथा –भिडियो सहित)
धनगढी- गायक प्रभुराज पाण्डे र गायीका मीना कुँवरको स्वरमा नयाँ देउडा गीत ‘लाई पिरती’ सार्वजनिक भएको छ । प्रेम र पिरतीका भावलाई समेटिएको यस गीतलाई शब्द, संगीत तथा निर्देशन माधव बिष्टले गरेका छन्। गीतमा देउडा परम्परागत लयसँगै आधुनिकता मिसाउने प्रयास गरिएको छ। संगीत संयोजन कृष्ण बजुरालीले गरेका छन् भने बाँसुरी, गिटार र मादलको मनमोहक धुनले...