September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
जन आवाज

देउडा गित ‘लाई पिरती’ सार्वजनिक–देउडा संस्कृतिको स्वादमा प्रेमकथा –भिडियो सहित)

२०८२ आश्विन १२

1.7K

धनगढी-  गायक प्रभुराज पाण्डे र गायीका मीना कुँवरको स्वरमा नयाँ देउडा गीत ‘लाई पिरती’ सार्वजनिक भएको छ । प्रेम र पिरतीका भावलाई समेटिएको यस गीतलाई शब्द, संगीत तथा निर्देशन माधव बिष्टले गरेका छन्।

गीतमा देउडा परम्परागत लयसँगै आधुनिकता मिसाउने प्रयास गरिएको छ। संगीत संयोजन कृष्ण बजुरालीले गरेका छन् भने बाँसुरी, गिटार र मादलको मनमोहक धुनले गीतलाई अझ सशक्त बनाएको छ।

गीतको भिडियोमा बलकृष्ण भट्टराई र संजीवनी खनालको अभिनय छ। उनीहरूले ग्रामीण जीवनशैलीमा आधारित प्रेमकथालाई जीवित बनाएर प्रस्तुत गरेका छन्। गीतमार्फत गाउँ–घरको संस्कृति, प्रेमको मिठास र सामाजिक परिवेशलाई कलात्मक रूपमा देखाइएको छ।

भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङ कृष्ण बाबुले गरेका छन्। सम्पूर्ण निर्माण कार्य ग्रीन ग्राफिक्स मल्टिमिडियाले गरेको हो। निर्देशक माधव बिष्टकै कथा तथा परिकल्पनामा तयार भएको गीतले आधुनिक प्रविधि र मौलिकता दुवैलाई जोड्न खोजेको देखिन्छ।

गीतमा प्रेम मात्र होइन, सांस्कृतिक भावनाको पनि गहिरो स्पर्श छ। विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा लोकप्रिय देउडा शैलीलाई आधुनिक प्रस्तुतीकरणमार्फत व्यापक दर्शकसमक्ष पु¥याउने उद्देश्य राखिएको देउडा गायक, सर्जक तथा निर्देशक माधव बिष्टले बताए ।

गीत ‘लाई पिरती’ माधव बिष्ट युट्युबमार्फत सार्वजनिक गरिएको छ। निर्माण पक्षले दर्शक–श्रोतालाई गीत सुनेर, भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन आग्रह गरेको छ। साथसाथै नेपाली मौलिक कला, संस्कृति र संगीतलाई संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा साथ दिन सबैलाई आह्वान गरिएको छ।