September 11, 2026, Friday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कैलालीको मष्टा धाममा प्राण प्रतिष्ठान गरियो

२०८२ माघ २४

705

 

 

धनगढी ः कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा निर्माण गरिएको मष्टा धाममा प्राण प्रतिष्ठान गरिएको छ। ६५ बिघा क्षेत्रफलमा निर्माण गरिएको धाममा शुक्रवार प्राण प्रतिष्ठान गरिएको हो।

 

धाम विकास समितिले विधि पूर्वक रुद्री पाठसहित प्राण प्रतिष्ठान गरेको बताएको छ। धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका छन।

 

धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका शीलाहरू राखिएका मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए। विश्वको एक मात्र मष्टा धाम बन्दगडनमा बनाएका उनले बताए।

 

बन्दगडामा २०७५ सालदेखि मष्टा धाम निर्माण कार्य सुरु भएको थियो। धाम निर्माणका लागि स्थानीयले भूमि दान गरेका थिए। धाममा पश्चिमको महाकालीदेखि पूर्वमा त्रिशूली नदीका शीलाहरु ल्याइएको छ। भारतको पञ्जावबाट समेत शीला ल्याइएको जनाइएको छ। मष्टा धाम व्यवस्थापन समितिका सचिव भीमबहादुर साउँदले भौतिक संरचना निर्माणको काम अझै जारी रहेको बताए।

 

विकास समितिले धनगढीको शिवपुर धाम, बेहडाबाबा मन्दिर, गोदावरी धाम र मष्टा धामलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना रहेको छ। मष्टा धाममा कुल पूजासहित धार्मिक पर्यटकहरू आउने अपेक्षा गरिएको हो। धाम निर्माणमा हालसम्म करिब तीन करोड खर्च भएको बताईएको छ।

 

धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने मष्टा धामममा रुद्री पाठसहित माघ २३ गते प्राण प्रतिष्ठान गरिने जनाइएको छ।