कैलाली-३ : काँग्रेसका उम्मेद्वार भीम बडुवालकाे चुनावी घोषणापत्र सार्वजनिक
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन। आफूले पाँच वर्षमा गर्न सकिने कामको फेहरिस्त समेटिएको घाेषणा पत्र बडुवालले सार्वजनिक गरेका हुन्। १३ वटा बुँदामा रहेको प्रतिबद्धतापत्रमा कान्द्रा नदी कोरिडोर निर्माणदेखि स्रोत व्यवस्थापनसम्म रहेको छ। कैलाली क्षेत्र नम्बर ३ मा पर्ने कैलारी, भजनी...