प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम बहादुर आले मगरले धनगढी क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र रोजगारमा केन्द्रित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी युवा खेलाडीलाई प्रशिक्षण दिने,धनगढी विमानस्थल विस्तार गरी हवाई सेवा पहुँचयोग्य बनाउने र शाहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयसँगको सहकार्यमा अस्पताल सञ्चालन गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना छ।
त्यसैगरी, स्थानीय सडक, पुल र नदी निर्माण परियोजनासहित कृषि, महिला सशक्तिकरण, शिक्षा, पर्यटन र सामाजिक सेवामा विशेष ध्यान दिइने छ। उनले सीमावर्ती क्षेत्रको सुरक्षा, युवा कौशल विकास र रोजगारको अवसर बढाउने कुरामा पनि जोड दिएका छन्।
आले मगरले साझा विकास सबैको साथ, नयाँ सोच नयाँ अठोट उनकाे छन। २० बुँदाकाे नारासहित उनी चुनावी अभियान अघि बढाइरहेका छन्।









