लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा बढ्ने, केही ठाउँमा भारी वर्षाको चेतावनी
दार्चुला:आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। यी प्रदेशका पहाडी र तराईसहित देशका अन्य पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा मधेश प्रदेशसहितका तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई...