त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.दिपक अर्याल नियुक्त हुनुभएको छ। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो।
नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले कार्यभार सम्हाल्नुभएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएपछि बुधबार नै पदभार सम्हाल्न उनी कीर्तिपुर पुगेका पुग्नुभयो ।
सहकुलपती तथा शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो।
जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
को हुन् आज नियुक्त भएका उपकुलपति प्राडा दिपक अर्याल ?
प्रा.डा. दीपक अर्याल वरिष्ठ साहित्यकार स्वर्गीय भैरव अर्यालका जेठा छोरा हुन् । आईएस्सी अमृत साइन्स क्याम्पसबाट गरेका अर्यालले बीएस्सी त्रिचन्द्र क्याम्पसबाट गरेका हुन् । स्नाकोत्तर तहमा मौसम विज्ञान विषयमा उनी त्रिविको गोल्ड मेडलिस्ट समेत हुन् । उनले जापानको नागासाकी विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञान विषयमा पनि स्नातकोत्तर गरेका छन् ।
अर्यालले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा (पीएचडी) गरेका हुन् । उनी मौसम प्रणाली, संवहन प्रक्रिया, तथा वायुमण्डलीय प्रदूषणको गतिशीलता सम्बन्धी विज्ञ मानिन्छन् ।
नवनियुक्त उपकुलपति अर्याल २०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका गर्नुभएको थियो । उहाँ सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि प्रवेश गर्नुभएको थियो ।
२०५४ सालमा स्थायी हुनुभएका अर्याल २०७६ सालमा प्राध्यापक भएका हुनुभयो । त्यसपछि उहाँ जल तथा मौसम विभागको प्रमुख समेत नियुक्त हुनुभयो । उहाँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन् ।
यसअघि १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।








