July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

दार्चुलामा भिरबाट लडेर घाइते भएका व्यक्तिको उद्धार

२०८३ श्रावण ८

210

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–३ गल्थाका एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०/१५ बजे गल्था निवासी अन्दाजी ५५र५६ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरा जाने क्रममा गल्थास्थित भिरबाट करिब २०–२५ मिटर तल खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइते डडालको उद्धार गरेको थियो। उनलाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी सुनसेरामा पुर्‍याइएको प्रहरीले जनाएको छ।