July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा प्रतिबन्धित प्लास्टिककाको गोदाममा छापा

२०८३ श्रावण ५

295

धनगढी : धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका प्लास्टिकजन्य सामग्री भण्डारण गरिएको गोदाममा छापा मारेर २७ लाख ७२ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरेको छ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, नगर प्रहरी, धनगढी उपमहानगरपालिकाका कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित गणेश ओझाले सञ्चालन गरेको कोशल ट्रेडर्स एण्ड सप्लायर्स को गोदाममा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा प्लास्टिकका झिल्ली, कचौरा, थाल, चम्चालगायतका सामग्री रहेका छन्।
प्रहरीका अनुसार गोदामबाट ५२८ बोरा प्रतिबन्धित प्लास्टिकजन्य सामग्री तथा ४४ वटा कार्टुन बरामद गरिएको छ। बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ।