April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

ओमकार पाल नेपाल एथलेटिक्स संघ दार्चुलाको अध्यक्षमा चयन

२०८२ श्रावण ६

2K

दार्चुला — नेपाल एथलेटिक्स संघको दार्चुला शाखाको तेस्रो जिल्ला अधिवेशनबाट ओमकार पाल अध्यक्षमा निर्वाचित भएका छन्। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित खलङ्गामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

स्ववियु अध्यक्षसमेत रहेका पालको नेतृत्वमा बनेको समितिमा उपाध्यक्षमा गौरव चुनारा, सचिवमा दानसिंह कार्की, कोषाध्यक्षमा गगनसिंह धामी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा करनसिंह धामी, धनमाया महता, दुर्गा महरा, अनुज पार्की, यशोदा चन्द, रोहित टमटा, लोकेन्द्र ओड र नविन पार्की रहेका छन्।

अधिवेशनको अध्यक्षता संघका निवर्तमान अध्यक्ष दानसिंह कार्कीले गरेका थिए भने कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकी प्रमुख अतिथि थिए। अधिवेशनमा खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।