April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

अखिल क्रान्तिकारीले बुझायो सीटीईभीटी प्रदेश कार्यालयमा ज्ञापन पत्र 

२०८२ असार २७

2.9K

धनगढी:-  अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश समितिले सीटीइभीटी प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। पछिल्लो समय सीटीइभीटी का विभिन्न कार्यक्रमका नमामा चरम लुट धन्दा चलिरहेको आम गुनासो आआइरहेको छ। विशेष गरी छोटो अवधिका कार्यक्रम सञ्चालन गरिराखेका संस्थाहरुले व्यापक अनियमितता गरिराखेका क्रान्तिकारीको आरोप छ। प्रदेश अध्यक्ष थापा द्वारा हस्ताक्षेरित ज्ञापनपत्र मा प्रदेशभरी र विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित केही प्राविधिक कलेज र ईन्स्टिच्युटहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (ctevt) बाट ३९०, ४२० वा ७२० घण्टाको छोटो अवधिका तालिमहरु (जस्तैः Hotel Management (HM), Computer (IT), Beautician, Electrician, Fashion Designing आदि) को मात्र स्वीकृति प्राप्त गरेका छन् । तर ती संस्थाहरूले ती तालिमलाई १८ महिने वा ३ वर्षे कोर्षको रूपमा सञ्चालन गर्दै मनपरी ढंगले अत्यधिक शुल्क असुल्दै आएको तथ्य उजागर भएको छ ।

सबैभन्दा बढी Hotel Management(HM) को नाममा यो अनियमितता देखा परेको छ । यी संस्थाहरूले आफूहरू विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भएको भ्रम सिर्जना गर्दै विद्यार्थी र अभिभावकलाई ठगी गरिरहेका छन् । तर ती विदेशी विश्वविद्यालयहरू न नेपाल सरकारको कुनै निकायमा दर्ता छन्, न त प्रमाणिकरूपमा मान्यता प्राप्त नै छन् । विदेशी विश्वविद्यालयको नामको आवरणमा गरिएको शुल्क असुली पूर्ण रूपमा गैरकानुनी छ । यस्ता गतिविधिहरू प्रति सम्बन्धित सरकारी निकाय र CTEVT प्रदेश कार्यालय पूर्णतः उदासीन देखिनु अत्यन्त दुःखद विषय हो र यस्ता संस्थाहरूलाई अनुगमन गरी कानुनी कारबाहीको लागि अनुरोध गर्दछौं।

अतः हाम्रो संगठन, अखिल (क्रान्तिकारी), यस्ता गैरकानुनी अपारदर्शी र शोषणकारी शैक्षिक संस्थाहरूको तत्काल निगरानी, अनुसन्धान तथा कानूनी कारबाही गर्न जोड्दार माग गर्दछ ।

यदि सम्बन्धित निकायले यस्ता हर्कत प्रति चासो नदेखाई मौन समर्थन जनाउने हो भने, हाम्रो संगठन सडक संघर्षदेखि प्रत्यक्ष कारबाहीसम्म जान बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरू नै हुनेछन्

राज्यसंयन्त्र र सम्बन्धित निकायहरूको मौनता र उदासीनता प्रति सशंकित हुँदै आफ्नो गम्भीर ध्यानाकर्षण भएको र समयमै निगरानी नगरे आफैले कार्वाहि समेत गर्ने चेतावनी दिएको छ।