धनगढीका ५८ प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तालिम
धनगढीः धनगढी उपमहानगरपालिकाले प्रधानाध्यापकलाई नेतृत्व क्षमता विकास तालिम दिएको छ। काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक सत्र २०८२ मा पालिकाभित्र रहेका ६८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई तालिम दिइएको हो। प्रधानाध्यापकलाई लक्षित गरेर सञ्चालन गरिएको १६ दिने, ९३ क्रेडिट आवरको तालिम पूरा गरेका ५८ जना प्रधानाध्यापकलाई प्रमाणपत्र प्रदान गरिएको छ। तालिम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा...