काठमाडौँ : नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन ।
आइसिसीले बुधवार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन।
उनीसँगै यस अवार्डको मनोनयनमा बङ्गलादेशका मुस्फिकुर रहिम र तैजुल इस्लाम परेका छन । आइसिसीले दर्शकको मतका आधारमा विजेता घोषणा गर्नेछ ।







